टीबीमुक्त जीपीयू अभियानमाथि अभिमुखी कार्यक्रम

IMG-20230623-WA0421.jpg

नाम्ची: नाम्ची जिल्ला ट्युबरक्लोसिस सेन्टरको पहलमा आज उक्त जिल्लाका जिल्ला पञ्चायत, पञ्चायत सदस्यहरूलाई लिएर ट्युबरक्लोसिस मुक्त पञ्चायतमाथि एक दिवसीय प्रशिक्षण एवम अभिमुखी कार्यक्रम आयोजना गरियो। नाम्ची कन्या उच्चत्तर विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला अध्यक्ष अञ्जिता राजालिम रहेकी थिइन् भने विशिष्ट अतिथिहरूमा पञ्चायत उपाध्यक्ष बिकास तामाङ, अतिरिक्त जिल्लापाल सुनिल मोथे लगायत अन्यहरू रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राजालिमले देशका प्रधानमन्त्रीले गत वर्ष टीबीमुक्त पञ्चायत अभियानको शुभारम्भ गरेको जानकारी गराइन्। यस अभियानको मुख्य लक्ष्य र उद्देश्य टीबीमुक्त पञ्चायत बनाउनको साथै यस प्रकारको रोगीहरूलाई चिन्हित गरेर उपचार गराउनु रहेको बताइन्। यस योजनालाई सफल तुल्याउनको निम्ति पञ्चायत साथै स्वास्थ विभागबीच एक अर्कामा परस्पर समन्वय हुन आवश्यक रहेको बताइन्। यदि पञ्चायत र स्वास्थ् विभागबीच तालमेल रहेको खण्डमा यो योजना सफल हुनको साथै क्षयरोगमुक्त पञ्चायत हुन सक्ने अवगत गराइन्। विशेष गरेर पञ्चायतहरू क्षयरोगको कारणबारे बुझ्नको निम्ति तृणमूलस्तरमा जानु पर्ने र उनीहरूलाई यसको उपचार गराएरमुक्त गराउन सकिने बताइन्। क्षयरोग मुक्त पञ्चायत अभियानले क्षयरोगका बिरामीलाई भेदभाव गर्नमा मात्र नियन्त्रण नगरेर यसले सामुदायिक कल्याण र जिम्मेवारीहरूलाई प्रोत्साहन गर्दै उपचार गराउन प्रोत्साहित गर्नेछ जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement