नो रोड नो भोट

23-28-29-ma.jpg

मङपु: गुम्बा गाउँ अनि लोअर बडा सिटोङको मानिसहरूले अबउसो जबसम्म पक्का सडक बनिँदैन तबसम्म भोट बहिष्कार गर्ने निर्णय लिएका छन्। चुनाउको समयमा मात्र राजनीतिक दलका नेताहरूले पक्का सडक बनाइदिने आह्वान दिनको साथै नापजोक समेत गरे तापनि हालसम्म पक्का सडक बनाएको छैन। मङपु सिटोङको छुला नस्पति गाउँ दुर्गा मन्दिरदेखि गुम्बा गाउँ हुँदै लोअर बडा सिटोङ भएर श्रीमान गोलाई लोअर सिटोङ जाने लगभग ४ किलोमिटर कच्चा सडक धेरै पुस्ता बितिसक्दा पनि हालसम्म पक्का सडक नबनाएकोले गर्दा गाउँलेहरू धेरै असुविधाको सामना गर्न परिरहेका छन्।
यसैले सम्पूर्ण गुम्बा गाउँ अनि लोअर बडा सिटोङको मानिसहरूले अबउसो जबसम्म पक्का सडक बनिँदैन तबसम्म भोट बहिष्कार गर्ने निर्णय लिएका छन्। तिनीहरूले सभा बसेर पारित गरेको निर्णयअनुसार नो रोड नो भोट लेखिएको ब्यानरहरू विभिन्न ठाउँमा लगाउने कार्य गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *