पञ्चायत चुनावमा भूतपूर्व सैनिक पासाङ शेर्पा पनि चुनाव मैदानमा

IMG-20230623-WA0389.jpg

खरसाङ: यसपालीको ग्राम पञ्चायत चुनावमा एकजना भूतपूर्व अर्ध सैनिक बलका व्यक्ति पनि चुनाव मैदानमा रहेका छन्। उनी खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा एकजना पञ्चायत सदस्यको लागि चुनाव मैदानमा उत्रेका छन्। उनी हुन् महानदीको तिरसठ लाइनबाट भूतपूर्व अर्ध सैनिक बलका पासाङ शेर्पा। उनी महानदी ग्राम पञ्चायतमा पञ्चायत सदस्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा खड़ा भएका छन्। महानदी ग्राम पञ्चायतको महानदी बजार र तिरसठ पाखा क्षेत्रबाट भागोप्रमोको प्रार्थी भएर चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। भूतपूर्व सैनिक एंव वरिष्ठ नागरिक पासाङ शेर्पा एकजना सामाजिक कार्यकर्ता हुन् भने आफ्नो स्वेच्छाले विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेर कार्य गरिहेका छन् भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले टिकट दिएपछि उनी पनि चुनाव मैदानमा उत्रेका छन्। पासाङ शेर्पाले आफुले वर्तमान समयमा गरिहेको विभिन्न सामाजिक कार्यहरू हेरेर जनताले भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। उनले आफ्नो राजनैतिक पार्टीले आफुलाई मोरल सहयोग साथै सही दिशा निर्देशन गरिदिएको होस् भन्ने चाहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्षले जनताको सेवक भनेर भनेकोले आफु पनि त्यही कुरामा सहमति रहेको र जनताले एकजना समाज सेवकको रुपमा भोट दिनेछन् भनी विस्वास व्यक्त गरेका छन्। उनले पञ्चायत सदस्य बनेको खण्डमा आफ्नो सीमा प याद गरेर जनताको सेवा गर्ने अनि गाउँमा विकासको कार्यहरू गर्ने अनि सबै मतदाताहरूका भोटको महत्व बुझेर नै कार्य गर्ने बताएका छन्। उनले भोट हाल्ने र नहाल्ने सबैको लागि काम गर्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement