खरसाङ: पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव भईरहेको छ। यसपालीको पञ्चायत चुनावमा सबैले उत्साहपूर्ण भाग लिईरहेका छन्। यसपालीको पञ्चायत चुनावमा प्रत्येक गाउँ घरतिरबाट युवाहरूले पनि उत्साहपूर्वक भाग लिईरहेका छन्। यसपालीको पञ्चायत चुनावमा निर्दलीय प्रार्थीको रुपमा होस् वा कुनै राजनैतिक पार्टीको प्रार्थीहरू होस् युवाहरू निक्कै बेसी प्रार्थीहरू रहेको देखिएको छ। यसपाली युवा पुस्ताले पञ्चायत चुनावमा प्रतिद्वान्दिता गरेर गाउँ घरको विकासको लागि सचेत भएर अघि आईरहेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीको कारखाना पाखा क्षेत्रबाट २२ वर्षीय युवा प्रार्थी बिशाखा शंकर पनि रहेका छन्। उनी यसपालीको ग्राम पञ्चायत चुनावमा खरसाङ खण्ड क्षेत्रको विभिन्न ग्राम पञ्चायतहरूमा प्रतिद्वान्दिता गर्ने प्रार्थीहरूमध्ये सम्भवतः सबैभन्दा सानी प्रार्थी हुन्। २२ वर्षीय बिशाखा शंकरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टिकटमा पञ्चायत चुनावमा प्रतिद्वान्दिता गरिरहेका छन्। उनी सानैदेखि सामाजिक कार्यमा संलग्न रहेको र गाउँको विकासको लागि तत्पर रहेकोले यसपालीको पञ्चायत चुनावमा पार्टीले टिकट दिएपछि आफु उत्साहित बनेर चुनाल लड्नलाई अघि आएको बताएकी छन्। बिशाखा शंकरले आफु पञ्चायत सदस्या भएको खण्डमा गाउँ घरको विकासको लागि कार्य गर्ने साथै गाउँका वरिष्ठ नागरिकहरू अर्थात् वृध्द वृध्दाहरूको सेवा गर्ने इच्छा रहेको साथै एकजना पञ्चायत सदस्यको रूपमा गाउँ समाज र जनताको लागि कार्य गर्ने तत्पर रहेको पनि जनाएकी छन्।