सोनादा: यदि किपट बचाउनु छ भने अनित थापाले जीटीए त्याग्नुपर्छ भनी गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले बताएका छन्। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जीटीए कार्यपाल अनित थापाले गोर्खाहरुको किपट बचाउनुपर्छ भनी दिएको बयानप्रति प्रतिक्रिया दिदै भने, ‘अनित थापाले किपट बचाउनु छ भने जीटीए त्याग्नुपर्छ। किनभने जीटीए हाम्रो किपट होइन। गोर्खा जातिको किपट चाहिँ दागोपाप हो जुन गोर्खाको किपटलाई संविधानको धारा २४३(एम) ले सुरक्षित राखेको छ। यसैकारण बंगालको बाईस जिल्लामध्ये दार्जीलिङ अनि कालेबुङमा दुई स्तरीय चुनाव हुँदैछ। अन्यथा दार्जीलिङ अनि कालेबुङमा पनि बंगालको अन्य जिल्लाहरुमा जस्तै तीन स्तरीय चुनाव हुने थियो।’
भुपेन गुरुङले अघि भने, ‘तिमीले जीटीएमा बसेर गोर्खाको किपटको कुरा गर्छौं। त्यही जीटीएको वैधानिकतामाथि चुनौती दिन्दै सुवास घिसिङले मुद्दा दायर गरेका छन् जो आज पर्याप्त उच्च न्यायलयमा सुनवाई यथावत् चलिरहेको छ साथै जीटीए सम्झौताको खेस्राको अनुच्छेद दुईमा पहाडको सम्पूर्ण भूभाग बंगालको अभिन्न अंग हो भनेर हस्ताक्षर गरिसकेका छौं।’
उनले अघि भने, आज चुनावको समयमा गोर्खाको किपटको कुरा गरेर जनताको भावनासंग खेल्दै भोट हत्याउने कुचाल चल्ने प्रयास नगरेको राम्रो हो किनकि पहाडको जनता संचेत भइसकेको छ। गोर्खाको किपटको त्यत्तिकै चिन्ता छ भने जीटीए र टीएमसीको गठबन्धन त्यागेर अगाडी आउँ हामी पनि तिमीलाई साथ दिनेछौं।’