अविरल वर्षाका कारण नक्सलबारीका धेरै क्षेत्र जलमग्न, विद्युत सेवा अवरुद्ध

8af3badb-9de5-43f8-b9c8-1efff27cc906

सिलगढी: नक्सलबारीमा भारी वर्षाका कारण धेरै क्षेत्र जलमग्न भएका छन्। अविरल वर्षाका कारण धेरै ठाउँमा रुख ढलेका छन्। विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको अविरल वर्षाका कारण नक्सलबारी र मोनिराम ग्राम पञ्चायतका विभिन्न क्षेत्र डुबानमा परेका छन्। यसबाहेक केही क्षेत्रमा रुख ढलेका छन्, विद्युत सेवा अवरुद्ध भएको छ। वर्षायामको सुरुमै बाली पानीमा डुबेपछि किसान चिन्तित भएका छन्।अर्कोतर्फ विद्युत् विभागका कर्मचारी घटनास्थल पुगेर विद्युत् आपूर्तिको काममा जुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement