ग्राम विकास कल्याण समाजको त्रयमासिक सभा तथा मेघावी विद्यार्थीहरुलाई सम्वर्द्धना कार्यक्रम समपन्न

IMG-20230623-WA0351.jpg

गोरुबथान(महेश्वर प्रधान): आहले बस्तिमा स्थित रेन्बो एकाडेमीको प्रेक्षालयमा आहले ग्राम कल्याण समाजको त्रयमासिक सभा तथा मेघावी विद्यार्थीहरुलाई सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको सन्चालन समाजका महासचिव देवराज सुन्दासले सन्चालन गरेका थिए। यस कार्यक्रमका दिवसीय सभापति पुरण राई थिए। यस कार्यक्रममा उपस्थिति अरुण कुमार राई, नर बहादुर सुन्दास, महेश शर्मा, पुर्ण बहादुर राई, अजित थापा, डम्बर छेत्री, पदम प्रधान, राजिब प्रधान, पङ्कज अधिकारी,सुदिप खड्का, रोमा प्रधान, तथा पेम ल्हमु लेप्चा रहेका थिए। यस वर्षको बोर्ड परीक्षामा उत्तीर्ण हुने समाजका विद्यार्थीहरुलाई समाजकै तर्फबाट मायाको चिनो पनि प्रदान गरियो ।मायाको चिनो प्राप्त गर्ने विद्यार्थीहरुमा क्रमैले मेघा शर्मा, सेमीनिथ राई, प्रतिक्षा राई, कुनाल प्रधान, इस्नेहा तामाङलाई सम्वर्द्धना गरियो।

उपस्थित अतिथिहरुको बाहुलीबाट उनीहरुलाई शुभकामना तथा प्रोत्साहन प्रदान गर्न हेतु मायाको चिनो प्रदान गरियो। यस कार्यक्रममा सम्वर्द्धित नानीहरुले आआफ्नो विचारहरु पनि साझा गरे। डि. बी. सार्की समाजका सदस्यले पनि सम्बोधन गरेका थिए। सभा सन्चालक देवराज सुन्दासले समाजको कार्यशैली र भावी रणनितिबारे बताए। दिवसीय सभापति पुरण राईले आफ्नो विचार राख्दै सभा समापनको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement