मुख्यमन्त्रीले गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्रको शिलान्यास

img_20230623_wa0026_920

गान्तोकः तीन दिवसीय गेजिङ जिल्लाको भ्रमणमा रेहेका मुख्यमन्त्री पीएस गोलेले आज शुक्रवार पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्रको शिलान्यास गरे। सिक्किम सरकारको संस्कृति विभागले निर्माण गर्ने यो नौमति संस्कृति तथा धरोहर केन्द्रको उद्देश्य नौमति वाद्य बादनको प्रशिक्षण साथै यसको सम्बर्धन र संरक्षण गर्नु पनि हो। यो केन्द्रको शिलान्यास समारोहमा सिक्किम सरकारको विभिन्न विभागका मन्त्री, विधायक सरकारी कर्मचारी लगायत सिक्किम र सिक्किम बाहिरका विभिन्न स्थानबाट सांस्कृति प्रेमिहरूको उपस्थिति रहेको थियो।

राज्यको संस्कृति विभागले जानकारी दिए अनुसार, यो नौमति केन्द्र विश्वको सबैभन्दा पहिलो केन्द्र हुनेछ जसमा पारम्परिक बाजा संरक्षणको काम हुनेछ। सिक्किम सरकारले यो परियोजनाका लागि ८ करोड़ २१ लाख रुपियाँ अनुमोदन गरेको छ जसको निर्माण कार्य आगामी दुई वर्ष भित्रमा पूरा गर्नुपर्ने लक्ष्य राखिएको छ। १.७६ ऐकर जमीनमा निर्माण गरिने नौमति केन्द्रको प्रवेशमा नेपाली परम्परा आधिरित निर्माण गिनेछ भने आठवटा एकै प्रकारका पूर्वाधार निर्माण हुने बताइएको छ।

यस पूर्वाधारभित्र एउटा संग्रहालय सहित पाँचवटा विभिन्न प्रशिक्षण कक्ष रहनेछन् जसमा काठ र बाँसबाट वाद्यवादन तयार पार्ने साथै मुर्ति कलाको पनि प्रशिक्षण दिइऩेछ। यहाँ प्रशिक्षण गर्नेहरूकानिम्ति युथ होस्टल निर्माण गरिनेछ भने विभिन्न कार्यक्रमका लागि १५० जना मानिस आँट्ने सम्मेलन कक्ष पनि केन्द्रमा रहने संस्कृति विभागकी मुख्य अभियान्ता प्रज्ञा सिंहले जानकारी दिएकी छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement