कोलकाताः पश्चिम बंगालको नदिया जिल्लाको धानतला थाना अन्तर्गत इच्छामति बर्डर आउटपोस्ट छेउ बुधवार राति भारत-बांग्लादेश सीमामा बीएसएफ र पशु तस्करहरूबीच भएको भिड़न्तमा एक तस्करलाई पक्राउ गरिएको छ। यो जानकारी केन्द्रिय अर्धसैनिक बलले बिहिवार बिहान जारी बयानमा दिएको छ।
जानकारी अनुसार, तस्करले सीमा पारी पशु तस्करी गर्ने प्रयास गरिरहेका थिए। उनीहरूको घेराबन्दी गर्दा उनीहरूले बीएसएफका जवानहरूमाथि देशी बम र ढुंगाले हमला गरे। यसपछि जवानहरूलाई गोली चलाउन पऱ्यो। गोलीबारीमा ५-६ तस्कर घाइते भए। तर अन्धकारको फायदा उठाउँदै अधिकतर तस्करहरू भाग्नमा सफल रहे तर एकलाई समाइयो।
उल्लेख्य, बीएसएफका डीआईजीको रूपमा २०२१ सम्म वरिष्ठ आईपीएस अधिकारी एसएस गुलेरियाको पोस्टिङ भएको थियो। उनले यति सख्ती अपनाएका थिए कि भारत-बांग्लादेश सीमामा पशुहरूको तस्करी बन्द भएको छ।
-हिस