बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न

सिलगढी। आज सिलगढी युवा जागृति संघको तत्वावधानमा खालपाडास्थित अग्रसर भवनमा बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न भयो। विकास अग्रवाल यस प्रोजेक्टका चेयरमेन हुन्। तिनैको नेतृत्वमा बस अनि चित्र बनाउ प्रतियोगिताको आयोजना गरिएको हो। यस प्रतियोगितामा लगभग ७५ जना प्रतियोगीहरूले अंशग्रहण गरेको थियो।ग्रुप ए ग्रुप बीच र ग्रुप सीको निम्ति आफ्नो उमेर अनुसार प्रतियोगि छनौट गरिएका थिए। ४ वर्षदेखि ८ वर्षसम्मका नानीहरूलाई ग्रुप ए मा राखिएको थियो भने ८ देखि १२ वर्षसम्मका लागि ग्रुप बि यसै गरि १२ देखि १६ वर्षसम्मका लागि ग्रुप सी मा राखिएको थियो।सबै वर्गबाट प्रथम दोस्रो र तेस्रो स्थान ओगट्न सफल प्रतियोगीहरूलाई सान्तवना पुरस्कार र प्रमाण पत्र प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement