गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज ग्याल्सिङ जिल्लाको बर्मीओकमा नौमती भवनको शिलान्यास गरेका छन्। शिलान्यास गर्नुअघि उनका साथमा उपाध्यक्ष एसएलए साङ्गे लेप्चा, संस्कृति–सडक तथा पुल विभागका मन्त्री सम्दुप लेप्चा, मन्त्री तथा क्षेत्रीय विधायक लोकनाथ शर्माले हवन पूजा गरेका थिए। आज बिहान १५ माइल बर्मीओकस्थित नौमती भवनमा मुख्यमन्त्रीले विशिष्ट व्यक्तिहरूसँगै परम्परागत पूजाअर्चना गर्नुका साथै नौमती भवनको शिला फलकको अनावरण पनि गर्नुभयो। मुख्यमन्त्रीले भवन परिसरमा राखिएको आयोजनाको निरीक्षण गर्दै आधारभूत सुविधाका बारेमा पनि जानकारी लिए।