कोलकाता: कलकत्ता उच्च अदालतले पश्चिम बंगालमा पंचायत चुनावमा केन्द्रीय बलहरूको ८२ हजार जवानहरूको तैनाती गर्ने निर्देश दिएको छ। त्यही अनुसार राज्य चुनाउ आयोगले केन्द्र सरकारलाई पत्र लेखेर ८२२ कम्पनी केन्द्रीय बलहरूको तैनाती गर्ने माग गरेको छ।
केन्द्रीय गृह मन्त्रालयको सूत्रहरू अनुसार, केन्द्रीय बलका जवानहरूलाई जून महिनाको अन्तसम्म एकै चोटी नभएर बिस्तारै पठाइनेछ। विशेष कुरा के छ भने, उच्च अदालतले आफ्नो आदेशमा स्पष्ट गरेको छ, केन्द्रीय बलहरूको तैनातीको खर्च केन्द्र सरकारले बेहोर्नेछ। राज्य सरकारले एक पैसा पनि दिनपर्नेछैन यसैले यो केन्द्रको निम्ति एक ठूलो झटका पनि हो। चुनावी ड्यूटी अथवा उग्रवाद प्रभावित क्षेत्रहरूमा केन्द्रीय बलहरूको तैनाती हुँदा प्रायः राज्य सरकारले त्यसको र्खचा उठाउने गर्दछ। तर यस मामिलामा केन्द्रले खर्च उठाइरहेछ यसैले केन्द्रमाथि एक दबाव पनि छ।
प्रदेश भाजपा नेताहरूले पनि केन्द्रीय गृहमन्त्रीलाई पत्र लेखेर केन्द्रीय बलहरूको तैनाती गर्ने माग गरे। त्यही अनुसार बिस्तारै केन्द्रीय बलहरूलाई पठाउने तयारी शुरू गरिएको छ। सूत्रहरू अनुसार, ८ जुलाईमा मतदानअघि जूनको अन्तिम हप्ता र जुलाई महिनाको ३ तारिखभित्र सबै केन्द्रीय बलहरूका जवान बंगाल आउनेछन्। -हिस