नयाँ दिल्ली: बलिउडका ‘मुन्ना भाई’ सञ्जय दत्तले क्रिकेट जगतमा प्रवेश गरेका छन्। सञ्जय दत्तले जिम्बाब्वे अफ्रो टी–१० लिगमा टिम किनेका छन्। सञ्जय दत्तले किनेको टोलीको नाम हरारे हरिकेन हो। यो लिग २० जुलाईदेखि शुरु हुनेछ। अभिनेता सञ्जय दत्त एरिज ग्रुप अफ कम्पनीका संस्थापक सोहन रोयसँग टोलीको सह-मालिक हुनेछन्। यस लिगका लागि जिम्बाब्वे क्रिकेटले अबुधाबी टी–१० लिग संगठन टी–१० ग्लोबल स्पोर्ट्ससँग सम्झौता गरेको छ।
जिम्बाब्वे एफ्रो टी १० लिग ९ दिने प्रतियोगिता हुनेछ। लिग २० जुलाईमा शुरु हुनेछ र फाइनल २९ जुलाईमा हरारे स्पोर्ट्स क्लबमा हुनेछ। प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ। सञ्जय दत्तको हरारे हरिकेन्स बाहेक, डरबन कलन्दर्स, केप टाउन साम्प आर्मी, बुलावायो ब्रेभ्स र जोबर्ग लायन्स जिम अफ्रो टी-ट्वेन्टी लिगमा भाग लिने अन्य चार टोलीहरू हुनेछन्। खेलाडीको लिलामी जुलाई २ मा हरारेमा हुनेछ। क्रिकेट जगतमा प्रवेश गरेका सञ्जय दत्तले भारत यस्तो देश हो जहाँ क्रिकेटलाई धर्म मानिन्छ। यस्तो अवस्थामा यो खेललाई विश्वको कुनाकुनामा पुर्याउनु हाम्रो कर्तव्य हो। विश्वभर चारवटा टी-टेन लिग खेलाइन्छ। अबुधाबी टी-टेन युएईमा आठ टोलीहरुसँग, भिन्सेन्ट प्रिमियर लिग वेस्ट इन्डिजमा ६ टोलीहरु संग खेलेको थियो, जिम-एफ्रो टीवान जिम्बाब्वेमा ६ टोलीहरुसँग खेलेको थियो र श्रीलंकामा टी-टेन खेलेको थियो जसमा ५ टोलीहरु सहभागी थिए।