नयाँ दिल्ली: विपक्षी एकता बैठकमा भाग लिनका लागि पटना प्रस्थान हुनअघि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले यहाँ पत्रकारहरूसितको कुराकानीमा भने, ‘सबै मिलेर भाजपालाई सत्ताच्युत पार्ने अभियानअन्तर्गत यो बैठकको आयोजन भइरहेको छ। कांग्रेस सदैव विपक्षी एकताको पक्षमा रहिआएको छ। कांग्रेस नेता राहुल गान्धीले त यसको शुरूआत पनि गरेका थिए। यसै अनुरूप यो बैठक आयोजना भइरहेको छl’
अध्यादेशको मुद्दामा केजरीवालको बैठकमा सामेल नहुने सन्दर्भमा खड़गेले भने, ‘संसदीय मामिलाहरूमाथि संसदमै विचार हुनेछ। केन्द्र सरकारको अध्यादेशको विषय पनि संसदसित जोड़िएको छl’ उनले अझ भने, ‘सत्रको शुरूआतमा विपक्षी पार्टीहरूले मिलेर यस सम्बन्धमा फसेला लिनेछन्, कुन मुद्दाहरूमा मिलेर काम गर्नुपर्छ र कुन विषयहरूलाई छोड़्नुपर्छ। थाह छैन, केजरीवालले यसलाई अहिले किन मुद्दा बनाइरहेका छन्। विपक्षी दलहरूको बैठकमा उनका नेताहरू पनि सामेल भइरहेका छन्। समय आएपछि यस सम्बन्धमा फसेला लिइनेछl’ -हिस