कोलकाता: विपक्षी बैठकको एक दिन अगाडि, तृणमूल कांग्रेस प्रमुख र पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार भनिन्, ‘प्रमुख विपक्षी नेताहरू यहाँ एक परिवार जस्तै एकजुट भएर भाजपासँग लड्न भेला भएका छन्l’ ममता ब्यानर्जी आज अर्थात शुक्रबार बस्ने विपक्षी दलको बैठकमा सहभागी हुन बिहीबार पटना पुगेकी हुन्। उनीसँगै तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जी र राज्यमन्त्री फिरहाद हाकिम पनि पटना पुगेका छन्। यस क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘हामी यहाँ आएका हौं, किनभने हामी एक परिवार जस्तै सँगै लड्नेछौंl’ पटना पुगेपछि ममता ब्यानर्जीले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, बिहारका पूर्व मुख्यमन्त्री राबडी देवी र उपमुख्यमन्त्री तेजस्वी यादवसँग भेट गरिन्। उनले भने, ‘आजको बैठकमा के हुन्छ भन्नेमा म केही भन्न सक्दिनँ। तर, यसमा म ढुक्क छु, हामी सबै यहाँ भाजपाविरुद्ध एक परिवारको रूपमा लड्न एकजुट छौंl’ पटनामा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवको घर अगाडि मिडियालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भने, ‘लालुजीप्रति मेरो धेरै सम्मान छ। उनलाई जेल पठाइयो र अस्पतालमा धेरै समय बिताउनुपर्योl लालुजीसँग अझै पनि भाजपा विरुद्ध लड्न पर्याप्त शक्ति छl’ उल्लेखनीय छ, सबैको नजर २०२४ को लोकसभा चुनावमा छ। आज सबैको नजर मोदी विरोधी मेगा बैठकमा केन्द्रित हुनेछ।