नैमिषारण्यका ८८ हजार ऋषि एवं वृक्षहरूमाथि अन्वेषण गरिरहेको छ संविवि: प्रो. हरिप्रसाद अधिकारी

00-1-Rashtriya-Samachar-18

वाराणसी: सीतापुर जिल्लामा गोमती नदीको तटमा अवस्थित नैमिषारण्य धामलाई पुनर्स्थापित गराउनका लागि शास्त्रहरू अनुसार ८८ हजार ऋषि एवं ८८ हजार वृक्षहरूको अन्वेषण कार्य सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय(संविवि)को पुस्तकालयमा भइरहेको छ। विश्वविद्यालयको तुलनात्मक धर्म दर्शन विभागका अध्यक्ष प्रोफेसर हरिप्रसाद अधिकारीको संयोजनमा वृक्षहरूको पहिचान गर्ने कार्य द्रुत गतिमा भइरहेको छ। प्रो. अधिकारीले ‘हिन्दुस्थान समाचार’लाई बताएअनुसार, विविका कुलसचिव राकेश कुमारको अध्यक्षतामा सम्पन्न पछिल्लो बैठकमा यस कार्यलाई शीघ्र सम्पादित गराउने निर्णय लिइएको थियो।

उनले बताएअनुसार पुस्तकालयमा बितेका पाँच दिनभित्रमा पुस्तकाध्यक्ष प्रो.राजनाथको मार्गदर्शनमा अनवरत पुराण एवं कोशग्रन्थहरूको आधारमा ६०० ऋषिहरूको अन्वेषण भइसकेको छ। यथाशीघ्र सबैको सहयोगमा यस कार्यलाई सम्पन्न गरिनेछ। यस कार्यमा सहायक पुस्तकाध्यक्ष दिनेश तिवारी, डा. आशीष मणि त्रिपाठीको विशेष सहयोग प्राप्त भइरहेको छ। उल्लेखनीय छ, नैमिषारण्य सीतापुरको गोमती नदीको देब्रे तटमा एक प्रसिद्ध हिन्दू तीर्थ छ। मार्कण्डेय पुराणमा अनेकौं पटक यसको उल्लेख 88 हजार ऋषिहरूको तपःस्थलीको रूपमा गरिएको छ। वायु पुराणअन्तर्गत माघ माहात्म्य तथा बृहद्धर्मपुराण, पूर्व भागअनुसार यसको कुनै गुप्त स्थलमा आज पनि ऋषिहरूले स्वाध्यायानुष्ठान गर्ने गर्दछन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement