काठमाडौं: नेपालमा पैह्रोले पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। गएराति ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको गुरुङवस्तीमा पैह्रोले पुरिएर उनीहरुको मृत्यु भएको हो। पुलिसका अनुसार पाँचैजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेहरुमा आमाबाबु, दुई छोरा र एक छोरी छन्। पैह्रोले चार घर पुरै भत्किएकोमा तीन घरका परिवारले भागेर ज्यान जोगाएका छन्। घटनास्थलमा उद्धार जारी रहेको पुलिसले जानकारी दिएको छ। यसैगरी, नेपालको गोरखा जिल्लामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गोरखा जिल्ला पुलिसले शहीद लखन गाउँपालिकामा घटना भएको जानकारी दिएको छ। जीपमा बेहुलीको घरमा इन्गेजमेन्ट गरेर फर्किएकाहरु चढेका थिए। हिस