खरसाङ सुपर लीग:उत्कृष्ट प्रदर्शन गर्दै यूकेएफसी फाइनलमा

IMG-20230623-WA0228.jpg

२३ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) फाइनलमा पुग्यो। गोथल्स मेमोरियल स्कूल मैदानमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनलमा यूकेएफसी-ले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट चिराग लामाले दोस्रो हाफको खेलमा २ गोल गरे। यसबाहेक पेमा लामाले पहिलो हाफको चौथो र नयन प्रधानले २२औं मिनटमा गोल गरे। यस म्याचमा अमित भुजेल मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा नितेस देवान र प्रमोद प्रधान थिए। फोर्थ अफिसियलको जम्मेवारी प्रतीक गुरुङ अनि सत्यम थापा (रेकर्ड्स)-ले निर्वाह गरेका थिए। आजको म्याचमा विशेष अतिथिका रूपमा मकैबारी टी स्टेटका मुख्य प्रबन्धक सञ्जय दास अनि कुमार राई (अध्यक्ष, फूटबल समिति, १ नम्बर कोशी प्रदेश, नेपाल) उपस्थित थिए। अब आइतवार (२५ जून) खेलिने फाइनलमा यूकेएफसी र युनाइटेड दिलाराम एफसी-बीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement