गान्तोक: दोस्रो चरणमा सिक्किम आमा सशक्तिकरण योजना कार्यान्वयनलाई लिएर आज पाकिम जिल्लाको अतिरिक्त जिल्लापाल कार्यालयमा एक बैठक सम्पन्न भयो। महिला एवम बाल विकास विभागको पहलमा आयोजित यस बैठकमा पाकिम जिल्लामा रहेको पाँचवटा निर्वाचन क्षेत्रमा आमा सशक्तिकरण योजनाको लागि फारम वितरण गरियो। राज्यका महिलाहरूलाई आर्थिकरूपमा सशक्त बनाउनको निम्ति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले उक्त योजना शुरू गरेका हुन्। यस योजनाको माध्यमद्वारा विशेष उद्देश्य गरेर घरमा बस्ने महिलाहरूलाई पैसा बचाउनको निति बढावा दिनेछ। यो योजना लागू गरेर सरकारले महिलाहरूकोको सामाजिक-आर्थिक स्थितिलाई माथि र आर्थिक स्वाधीनता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। बैठकमा महिला तथा बाल विकास विभागका सहायक निर्देशक अर्जुन प्रधानले यस योजनाको दिशानिर्देश र सम्बन्धित सूचनाका बारेमा विस्तृतरूपमा जानकारी गराए। सहभागीहरूलाई योग्यता मापदण्ड, आवेदन प्रक्रिया, र योजनाद्वारा प्रदान गरिएका विभिन्न सुविधाहरूको बारेमा जानकारी गराइयो।