गान्तोक: गान्तोक जिल्ला प्रशासनले राज्यको जीवन्त संस्कृति र इतिहासको बारेमा जनचेतना जगाउने उद्देश्यले आज बहुप्रतिक्षित हेरिटेज वाक कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य राज्यको पर्यटनलाई बढावा दिनको साथै स्थानीय संस्कृति प्रति आम मानिसहरुमा सचेत गराउन रहेको थियो। चुकलाखाङ गुम्बा परिसरबाट शुरू भएको उक्त ऱ्याली सिक्किम स्टेट म्यूजियममा आइपुगेर समापन भएको थियो।

हेरिटेज वाकले गान्तोक वरिपिर रहेको आकर्षणीय स्थलहरू हुँदै सहभागीहरूलाई यस समवन्धि अनुभव लिने अवसर प्रदान गरेको थियो। उदाहरणकोरूपमा व्हाइट हलको पुष्प प्रदर्शनी हावा घर र राजभवनको पनि अवलौकन गर्ने अवसर दिएको थियो।