गान्तोक: हिजोदेखि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ जिल्लाको भ्रमण शुरू गरेका छन्। मुख्यमन्त्रीको यस भ्रमण अवधि भल पैह्रौ पीडित परिवारलाई राहत सामग्री पनि वितरण गरे। यसै क्रममा आज दोस्रो दिन उनले आपगाछी मिडल ओम्चुङका २९ परिवारलाई ल्याण् ब्याङ्क योजना अन्तर्त जमीनको पर्चा वितरण गरे। आज जमीनको पर्चा प्राप्त गर्नेहरूमा आगलागीमा घर गुमाएका, पैह्रौले घर बगाएर घरबिहिन बनेकाहरू सामेल रहेका छन्।