आरबीआईको राज्यस्तरीय क्वीज प्रतियोगिता

IMG-20230622-WA0459.jpg

गान्तोक: रिजर्व ब्यांक अफ इण्डिया गान्तोकद्वारा जिल्ला स्तरका विजेताहरू बीच क्वीज प्रतियोगिता आज गान्तोकमा आयोजन गरियो। वित्तीय साक्षरतामा स्कूलका विद्यार्थीहरुको भूमिकालाई केन्द्र गरेर अखिल भारतीय क्विज आयोजन गरिएतो छ। जसअन्तर्गत सिक्किमको लागि राज्य-स्तरीय क्विज आज गान्तोकमा गरिएको हो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै सिक्किम सरकारका अतिरिक्त मुख्य सचिव रवीन्द्र तेलाङ उपस्थित थिए। सिक्किममा, आरबीआईले सबै ३३ ब्लकहरूमा क्विजहरू सफलतापूर्वक सञ्चालन गरेको छ, जसमा २५० सरकारी विद्यालयका ५०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो। आज आयोजित राज्यस्तरीय क्विजमा छ जिल्लाका सहभागी टोलीमा छवटा विभिन्न विद्यालयका विद्यार्थीहरू समावेश थिए। जसमा सिचे वरिष्ठ माध्यमिक विद्यालय, मुलुके सिनियर सेकेण्डरी स्कूल, सरकारी कन्या मावि, मङ्गन. लिङ्गी उच्च माध्यमिक विद्यालय, लेगशिप वरिष्ठ माध्यमिक विद्यालय, गेजिङ चुम्बोङ वरिष्ठ माध्यमिक विद्यालय रहेको थियो। भारतीय रिजर्भ बैंकद्वारा ‘ब्लकबाट राज्य स्तरसम्म क्विजको एक छोटो वृत्तचित्र प्रस्तुत गरिएको थियो। त्यसपछि आज आयोजित क्विज मास्टर निर्मल मङ्गरलाई कार्यक्रम हस्तान्तरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement