वाशिङ्गटन डीसीमा भारत-अमेरिकाद्वारा डिफेन्स अक्सेलरेशन इकोसिस्टम गरियो लन्च

00-1-WDC

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणावधि वाशिङ्गटन डीसीमा भारत-अमेरिकाले डिफेन्स अक्सेलरेशन इकोसिस्टम लञ्च गरेका छन्। यो कार्यक्रम रक्षा क्षेत्रमा उत्कृष्टताको लागि नवाचार (आईडीईएक्स) तथा संयुक्त राज्य अमेरिकाको रक्षा विभाग (डीओडी)-ले अमेरिका-भारत व्यापार परिषद (यूएसआईबीसी)-को आतिथ्य सत्कारमा गरेको हो। कार्यक्रम अवधि एक इण्डस-एक्स फ्याक्ट शीट पनि जारी गरियो।

भारतीय रक्षा मन्त्रालयका संयुक्त सचिव (रक्षा उद्योग सम्बर्धन) अनुराग वाजपेयीले दुई दिवसीय इण्डस-एक्स कार्यक्रममा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरे। समारोहमा भारतीय एवं अमेरिकी सरकारका प्रतिनिधि, रक्षा स्टार्टअप, थिंक-ट्याङ्क, इन्क्यूबेटर्स, निवेशक औ उद्योगहरूका अन्य हितधारकहरू उपस्थित थिए। स्वागत समारोहलाई भारतमा अमेरिकी राजदूत एरिक गार्सेटीले सम्बोधन गरे।

अमेरिकी वायु सेना सचिव फ्र्याङ्क क्याण्डलले कार्यक्रममा प्रारम्भिक मुख्य भाषण पेश गर्दै भने, भारत-अमेरिका सम्बन्ध तीव्र वेगमा प्रगाढ़ हुँदै गइरहेको छ। उनले यसमाथि बल दिए कि दुई देशका स्टार्टअपको लागि गहन तकनिकी नवाचारमा विशेष अन्तरिक्ष र आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा सहयोग गर्ने अपार सम्भावनाहरू छन्। भारतीय रक्षा मन्त्रालयका संयुक्त सचिव अनुराग वाजपेयीले आफ्नो स्वागत भाषणको क्रममा ‘अमेरिका-भारत रक्षा सम्बन्धको भविष्यमा निवेश’ विषयमा भारत-अमेरिका सम्बन्धमा एउटा ऐतिहासिक घटनाको रूपमा आईसीईटीलाई लञ्च गरिएकोमा सराहना गरे। उनले भने, ‘विश्वकै दुई सबैभन्दा विशाल औ सबैभन्दा पुरानो लोकतन्त्रका नेताहरूमाझ वाशिंगटनमा भेट भइरहेको बेला यस आयोजनको निम्ति सबैभन्दा उपयुक्त अवसर होl’

उनले प्रतिभागीहरूसित उद्योग, शिक्षा-जगत औ निवेशकहरूबीच भविष्यमा सहयोगको उद्देश्यले एउटा तन्त्र विकसित गर्ने आग्रह गरे। संयुक्त सचिवले ‘आत्मनिर्भर भारत’ औ ‘मेक इन इण्डिया फर द वर्ल्ड’- माथि फोकस गर्दै ‘मेक इन इण्डिया’ पहलमाथि प्रजेन्टेशन पनि प्रस्तुत गरेl’ कार्यक्रममा १५ भारतीय र १० अमेरिकी स्टार्टअपले समुद्री, ए-आई, स्वायत-प्रणाली तथा अन्तरिक्ष जस्ता केही डोमेनमा नवीन प्रौद्योगिकीहरूको पहलको संयुक्त प्रदर्शन गरे। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement