मणिपुरमा फेरि हिंसा, आईईडी विस्फोटमा दुईले गुमाए ज्यान, दुई स्थानमा गोली चल्यो

00-1-Rashtriya-Samachar-17

इम्फालः मणिपुरमा चार दिन शान्ति बहाल भएपछि गए बुधवार साँझ फेरि हिंसा शुरू भयो। मणिपुरको कांगपोकी जिल्ला तथा इम्फाल पूर्व जिल्लाको मध्यमा अवस्थित उरंगपत गाउँ औ वाईकेपीआईमा गोली चल्यो। बिष्णुपुर जिल्लामा आईईडी विस्फोटको कारणले दुईजना मानिसहरूको मृत्यु भयो भने चारजना घाइते भए।

प्राप्त जानकारी अनुसार बिष्णुपुर जिल्ला अधिनस्थ क्वातकर क्षेत्रको दक्षिणी किनारमा अवस्थित वार्ड नम्बर ९ नजिक एउटा पुलमा बुधवार साँझ लगभग साढ़े सात बजे आईईडी विस्फोट भयो। पुलमा एउटा स्कर्पियो वाहन राखिएको थियो। आईईडी विस्फोटमा परी कार सवार दुईजनाको मृत्यु भयो भने अन्य चारजना घाइते भए। घाइतेहरूमा तीन नाबालिक सामेल छन्। यिनीहरूलाई मैरंगको एक अस्पतालमा भर्ती गरिएको छ।

प्रत्यक्षदर्शीहरूले बताए मुताविक घटना अवधि उनीहरूले कारबाट केही मानिसहरू बाहिर निक्लेको देखे। विस्फोटको कारणले पुल अनि सड़क वरपर ठूल्ठूला खाल्डोहरू पर्नका साथै व्यापक क्षति पुगेको छ। सूत्र अनुसार बम एउटा एसयूभीबाट ल्याइएको थियो। यतिमात्र नभएर उपद्रवीहरूले फुगाचाओ अवांग लीकाई नामक स्थानमा नोक्सान पुऱ्याउनको लागि तथा सेना सहित अन्य सुरक्षा बलहरूको आवत-जावतलाई रोक्नकोलागि पुल नजिक सड़कमा रूखहरू ढालेर तेर्साएका थिए।

यस्तै अर्को घटनामा अज्ञात उपद्रवीहरूको समूहले बुधवार राती मणिपुरको कांगपोकी जिल्ला तथा इम्फाल पूर्व जिल्लाको मध्यस्थित उरंगपत गाउँ र वाईकेपीआईमा अन्धाधुन्ध गोली चलायो। तथापि यस घटनामा कसैको ज्यान गएको वा घाइते भएको समाचार छैन। यता मीरा पायबिस, इम्फाल पश्चिमका कतिपय क्षेत्रहरूमा सावनबंग-वाईकेपीआई सड़कलाई अवरूद्ध गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement