कोलकाताः कलकत्ता हाईकोर्टले बिहिवार एक पल्ट फेरि राज्य चुनाउ आयोगको तीखो आलोचना गरेको छ। न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले मामिलाको सुनवाई गरेको समय चुनाउ आयोगको भूमिकामाथि प्रश्न चिह्न खड़ा गर्दै भन्यो, चुनाउ आयुक्त अहिले पदमा छन् कि छैनन्। के राज्यमा चुनाउ भइऱहेछ ? के चुनाउ आय़ुक्त अहिलेपनि पदमा छन् ? चुनावी प्रक्रियाको पालन भइरहेछ कि भइऱहेको छैन ?
वस्तुतः पश्चिम बंगालका विभिन्न हिस्साहरूमा पञ्चायत चुनाउमा भइऱहेको हिंसालाई लिएर हाईकोर्टमा जनहित याचिका लगाइएको छ। विपक्षी उम्मेदवारहरूको नामाङ्कन र स्क्रुटनी भएपनि चुनाउ आयोगको वेबसाइटमा उनीहरूको नाम देखिएको छैन। यसलाई लिएर सरकारी अधिकारीहरूमाथि दस्तावेजहरूसित छेड़छाड़ गरिएको आरोप लागेको छ। यही मामिलामा सुनवाई चलिरहेको थियो जब न्यायाधीशले उक्त टिप्पणी गरेकी छन्।
-हिस










