कोलकाताः राज्यमा पञ्चायत चुनाउमा केन्द्रिय बलहरूको तैनातीलाई लिएर कानूनी लड़ाई जारी छ। सुप्रीम कोर्टले सबै जिल्लाहरूमा केन्द्रिय बलहरूको तैनाती गरिने कलकत्ता हाईकोर्टको आदेशलाई यथावत राखेको छ। यस फसेलापछि मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य पुलिसको सराहना गरेकी छन्। पटना प्रस्थान हुनअघि उनले बंगाल पुलिस कुनैपनि राज्य पुलिसभन्दा अधिक कुशल छ भनिन्। जति नै केन्द्रिय बलहरूलाई लिएर आऊँ, म जितेर देखाउनेछु, उनले भनिन्।
आयोगले कोर्टको आदेशपछि पञ्चायत चुनाउको निम्ति २२ जिल्लाका लागि केन्द्रिय बलहरूको ८०० कम्पनी मागेको छ। बुधवार हाईकोर्टले आयोगलाई कम्तीमा ८२,००० केन्द्रिय बलहरूका जवानहरूलाई राज्यमा ल्याउने निर्देश दिएको छ। यसपछि मुख्यमन्त्रीले राज्य पुलिसको कार्यकुशलतामाथि खुशी व्यक्त गरेकी छन्।
-हिस