गान्तोकः विद्या भारती, सिक्किमका संयोजक मोहन शर्माले पाकिम जिल्लाको पाचेखानीमा सञ्चालित सरस्वती विद्या निकेतनको भ्रमण गरेका छन्। उनले अन्तरराष्ट्रिय योग दिवस र विद्यालयमा चलिरहेको परीक्षालाई ध्यानमा राखेर भ्रमण गरेका थिए।
संयोजक शर्माको उपस्थितिमा विद्यालय सञ्चालन समिति र आचार्य-आचार्यासॅंग महत्वपूर्ण समीक्षात्मक बैठक गर्दै विषयहरूमाथि चर्चा-परिचर्चा गरियो। बैठकमा विद्यालयको शैक्षिक, आर्थिक र विविध कार्यक्रम, सह-प्रधानाचार्यको नियुक्ति, विद्यार्थीहरूको संख्यालाई ध्यानमा राख्दै गुणात्मक शिक्षामा वृद्धि, अभिभावकहरूसॅंग सतत सम्पर्क आदि जस्ता विषयहरूमाथि चर्चा गरियो।
बैठकमा एसएमसी कोषाध्यक्ष लोकनाथ छेत्रीले विद्यालयका आय-व्यय प्रस्तुत गरेका थिए। यसैगरी, सचिव दिपक प्रधानले विद्यालयका सबै कार्य समितिको बारेमा जानकारी गराए। विद्यालयको पञ्जीकरणको वर्तमान स्थितिको बारेमा प्रधानाचार्य सुखदेव भण्डारीले बताए। समितिका अध्यक्ष कुलचन्द्र शर्माले विद्यालयको सवाङ्गीण विकासमा सबैको सकारात्मक विचार अनि सहयोग प्राप्त भएको बताए।
-हिस