गत वर्ष सफल आयोजनपछि हेरिटेज वक इभेन्ट आजदेखि शुरू

si-5

गान्तोकः गान्तोक जिल्ला प्रशासनले आज हेरिटेज वक कार्यक्रम आयोजन गऱ्यो। यसको उद्देश्य पर्यटन प्रवर्द्धनका साथै यहॉंको समृद्ध संस्कृति र इतिहासको बारेमा सचेतना फैलाउनु रहेको थियो। कार्यक्रमको शुरूवात बिहान प्रतिष्ठित सुकलाखाङ गुम्पाबाट गरियो र सिक्किम राज्य संग्रहालय एवं अभिलेखागारमा समापन गरियो।

हेरिटेज वकमा सहभागी बनेका प्रतिभागीहरूलाई राजधानीका ऐतिहासिक चमत्कारहरूको बारेमा जानकारी गराइयो। यसावधि व्हाइट हल, पुष्प प्रदर्शनी, हावा घर, राजभवन, हतकरघा एवं हस्तशिल्प निदेशालय आदि ठाउॅंहरूको भ्रमण गराइयो। राजभवनमा एक जानकार स्रोत व्यक्तले आगन्तुकहरूलाई राजभवनको समृद्ध इतिहासको बारेमा जानकारी गराए।

गान्तोक जिल्ला प्रशासन, पर्यटन विभाग र पीडीएमसीले यो असाधारण हेरिटेज वक शुरू गरेको हो। गत वर्ष यस कार्यक्रमको सफल आयोजन गरिएको थियो। यो कार्यक्रम स्वदेश दर्शन २.० योजना अन्तर्गत आयोजना गरिएको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement