गान्तोक: जिल्ला ट्युबरक्लोसिस सेल गेजिङको पहलमा जिल्ला ट्युबरक्लोसिस फोरम कार्यक्रम सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य सोरेङ जिल्लालाई क्षयरोगमुक्त बनाउको निम्ति विभिन्न प्रकारको रणनीति तयार गरिनु रहेको थियो। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा सम्पन्न भएको सभामा महकुमा अधिकारी डीआर विष्ट लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल ठटालले क्षयरोगको बारेमा सचेतना जगाउन साथै यस रोगलाई निर्मूल पार्न सक्रियरूपमा पहल गर्नुपर्ने विषयमा जोड दिए । उनले सोरेङ जिल्लालाई २०२३ सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य रहेको बताए। उनले सोरेङ जिल्लाका खण्ड विकास अधिकारीलाई आ-आफ्नो ब्लकमा क्षयरोगीहरूको पहिचान गर्न र क्षयरोग उन्मूलन गर्न आवश्यक पहल शुरू गर्नुपर्ने निर्देशन दिए।