अलिपुरद्वार: जयगाउँ क्षेत्रका जिला परिषदका स्वतन्त्र उम्मेदवार प्रशान्त थुलुङ राईले यस क्षेत्रका धेरै समस्याहरू जस्तै अस्पतालको समस्या, चिया बगानका मजदुरहरूको समस्या यस वर्षको चुनावको महत्त्वपूर्ण मुद्दा भएको बताए। बिहीबार कालचिनी ब्लकको दलसिहपाडा क्षेत्रमा पत्रकार सम्मेलन गर्दै उनले अहिले जिल्ला परिषद् सिटमा स्वतन्त्र उम्मेदवार भएको बताए। पेशाले शिक्षक प्रशान्त थुलुङ राईले चुनावी अभियानमा जनताका समस्या चर्को स्वरमा उठाउने बताए।










