गान्तोकः सिक्किमको रिम्बी झरना घुम्न गएका पर्यटकको दुर्घटनामा मृत्यु भएको छ। मृतक महिला पर्यटकको नाम कविता गडगिर (४९) हो। यस दुर्घटनामा उनका श्रीमान् राजीव गाडगिल गम्भीर घाइते भएका छन्। उनीहरू अन्य पर्यटक जस्तै रिम्बी झरना घुम्न गएको बताइएको छ। अचानक उनलाई कारले ठक्कर दियो। घटनामा संलग्न कार चालक पक्राउ परेका छन्। उनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।