जलपाइगढ़ी मेडिकल कलेजको छेठौं तलाबाट रोगीले हाम फाले

IMG-20230622-WA0351.jpg

जलपाइगढ़ीः जलपाइगढ़ी मेडिकल कलेज एवं सुपर स्पेशलिटी अस्पतालको छैठौं तलाबाट हाम फाले एक रोगीले आफ्नो ज्यान दिएको छ। मृत रोगीको नाम सन्तोष शाह (२८) बानरहाट जिल्ला निवासी बताइएको छ।

जानकारी अनुसार, यो विभिन्न शारीरिक समस्याहरूको कारण युवकले आत्महत्या गर्ने फसेला गरेको हो। सन्तोषलाई ज्वरो र हात-खुट्टा दुःखेको कारण मङ्गलवार मेडिकल क्लिनिकमा भर्ती गराइएको थियो। आज बिहान युवक शौचको निम्ति गएको थियो। युवकले टोयलेटको झ्याँबाट बाहिर निस्केर हाम फालेको बताइँदैछ।

मृतकको दाज्यू रञ्जीत शाहले बताए, भाई एकदमै स्वस्थ भएको थियो। म बिहान चिया लिन गएको थिए। फर्केर आउँदा भाईले हाम फालेको थाहा लाग्यो। घाइते अवस्थामा भाईको उपचार शुरू गरियो तर भाईको मृत्यु भयो। घटनापछि मामिलाको सूचना जलपाइगढ़ी कोतवाली थानालाई दिइयो। पुलिसले घटना कसरी भयो, उसले यस्तो कदम किन उठायो या यो दुर्घटना हो, यसको पत्तो लगाउनमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement