पञ्चायत चुनाउः दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँच विरूद्ध खण्डपीठमा याचिका

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पञ्चायत चुनाउको निम्ति नामांकन दर्ता गर्ने विपक्षी माकपा, कांग्रेस र भाजपाका उम्मेदवारहरूको दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँचको हाईकोर्टको फसेला विरूद्ध राज्य सरकार र राज्य चुनाउ आयोगले खण्डपीठमा याचिका लगाएका छन्। राज्यको तर्फबाट अधिवक्ता कल्याण ब्यानर्जीले याचिका लगाएका छन्। न्यायमूर्ति अरिजीत ब्यानर्जी र अपूर्व सिन्हाको खण्डपीठमा याचिका लगाइएको छ, जसमा शुक्रवार सुनवाई हुनेछ।

बुधवार पञ्चायत चुनाउ सम्बन्धी मामिलाको सुनवाईपछि न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँचको आदेश दिएको थियो। ब्याङ्कका अधिकारीहरूले दस्तावेजहरूसित छेड़छाड़ गरेको आरोप छ। न्यायाधीशले भनिन्, मामिला राज्य सरकारका अधिकारीहरूसित जुड़ेको छ, यसैले राज्य पुलिसलाई जाँच दिने कुनै औचित्य छैन। अब यही फसेला विरूद्ध खण्डपीठम याचिका लगाइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement