कोलकाताः महानगर कोलकाताको दक्षिणी क्षेत्रको एक नामी अंग्रेजी माध्यमको स्कूलमा प्रार्थनाको समय १४ वर्षीय एक छात्राको अचानक लड़ेर मृत्यु भएको छ।
पुलिस सूत्रहरू अनुसार, बिहान लगभग ९ बजी स्कूलको प्रार्थना चलिरहेको थियो तब छात्रा अचानक लड़िन्। स्कूल प्रबन्धनले उसलाई उठाएऱ बेलव्यू अस्पतालमा भर्ती गरायो, जहाँ चिकित्सकहरूले जाँचपछि उसलाई मृत घोषित गरे। तुरन्तै पुलिस र छात्राका परिजनहरूलाई यसबारे जानकारी गराइयो। मृत्यु कसरी भयो, यसको पुष्टिको निम्ति शवको पोस्टमार्टम गरिन्दैछ। चिकित्सकहरूको प्रारम्भिक अनुमान अनुसार हृदयघातको कारण छात्रको मृत्यु भएको हो। मृतकाको आयु 14 वर्ष बताइएको छ। अहिले उसको पहिचान उजागर गरिएको छैन।
-हिस