क्षेत्रीयता बचाउनुपर्छ भन्नेले सर्वप्रथम तृणमूल काग्रेससँग गठबन्धन त्यागेर देखाओस्: अजय एडवर्ड

IMG-20230622-WA0336.jpg

दार्जीलिङ: क्षेत्रीयता बचाउनुपर्छ भन्ने अनित थापा दाजुले तृणमूल कांग्रेसलाई त्यागेर देखाओस् भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। शहरको जीम खाना हलमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक कार्यक्रमको आयोजना भएको थियो। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो अध्यक्ष अनित थापाले भारतीय जनता पार्टीसंग टाँसिएर काम गर्ने हुँदा क्षेत्रीया राजनैतिक दलहरू दिन प्रतिदिन मासिन्दै जान्दैछ भन्ने बताउँदै क्षेत्रीया राजनैतिक दलहरूले आफ्नो क्षेत्रीयता बचाउनुपर्छ भनेका थिए। यसै सन्दर्भमा पत्रकारहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष प्रश्न तेर्साउँदा उनले जब हामी अजय एडवाडर्स र हाम्रो टीम जीवित रहन्छ तबसम्म क्षेत्रिया पार्टीहरू मासिएर जाने छैन। हामी काम पनि बिगार्दैनौं अनि राष्ट्रीय दलहरूसंग डराउने पनि छैनौं। उनले अझ भने हामी काम पनि बिगार्दैनौं राज्यको पुलिस प्रशासन, कोर्ट कचेरी कसैसंग पनि डराउँदैनौ, त्यसरी नै हामीसंग धन पनि छैन अनि केन्द्र सरकारसंग डराउँदैनौं। क्षेत्रीयता बाँच्नुपर्छ भन्ने हाम्रो अडान छ अध्यक्ष एडवाडर्सले भने। पंचायत चूनावमा भाजपाले यति सीटहरूमा उम्मेद्वार हरू दिएको छ, उति सीटहरूमा उम्मेद्वार दिएको छ भन्ने विषयहरूतिर नजाउँ तर उनीहरूले कति सीटहरूमा जीत हासिल गर्न सक्छ,त्यस विषयमाथि गहन गरयौ। तिनले अधि भने आगमी ८ जुलाईको दिन मतदान भएको चूनावको १० जुलाईको दिन मत गणना सम्पन्न हुने भएको छ अनि त्यो मत गणनाको परिणामले क्षेत्रियता कति बाँच्छ र कति मासिन्छ भन्ने स्पष्ट हुनेछ। दार्जीलिङ पार्वतीय क्षेत्रको विभिन्न वार्डहरूमा हाम्रो पार्टीले चार सय उम्मेद्वारहरू खडा गरेको जनाउँदै हाम्रो पार्टीले ११ सय पनि उम्मेद्वारहरू खडा गर्न सक्ने थियो तर उम्मेद्वारहरू खडा गर्नु एउटा विषय हो अनि उम्मेद्वारहरूलाई विजयश्रीको माला लगाउँनु अर्को विषय हो अध्यक्ष एडवाडर्सले भने। तिनले अधि भने भागोप्रमो अध्यक्ष अनित थापा दाजुले क्षेत्रियता बचाउँनू पर्छ भन्ने कुरा गरेछ अति नै राम्रो हो तर दाजुले सर्वप्रथम तृणमूल काग्रेसलाई त्यागेर देखाओस, मलाई अरू त्याग्न रतिभर समय पनि लाग्दैन अध्यक्ष एडवाडर्सले भने। भागोप्रमो र तृणमूल काग्रेसको गठबन्धनले हाम्रो जाति लाई मास्ने गठबन्धन हो,यस्तो गठबन्धनको अधि घुडा टेकेर, हामीलाई क्षेत्रीयता बचाउने उपदेश दिने काम नगरेको राम्रो हो,भाजपासंग हाम्रो पार्टीको अन्द्र गासिएको छै, केवल सीट सेरिङ मात्र गरेको हो अध्यक्ष एडवाडर्सले भने। भागोप्रमोको शीरमाथि अहिले कसैको आर्शिबाद छ, भोलीको दिनमा भागोप्रमोको शीरबाट आर्शिबादको हात हटिए के भाजपामा जान्छ? भन्दै अध्यक्ष एडवाडर्सले प्रश्न तेर्साए। भाजपाको राष्ट्रीय प्रबक्ता एंव दार्जीलिङको सांसद राजु विष्टलाई तिमीले बारम्बार खबर पठाउँदै तिमीले एक्लै चुनाव लडने सुझाव दिएको खबर छ,यहाँसम्म की २०२४ को लोकसभा चुनावमा तिमीले समर्थन जनाउँने समेत खबर पठाएको हामीसंग खबर छ।धेरैले भन्ने गर्छ मलाई राजनीति जान्दैन भन्छ ठीक हो तर म सत्य बोल्छु हाम्रो गठबन्धन हुन अघि क्षेत्रीयताको कुरा गर्नेले सांसद राजु विष्ट भाइलाई २०२४ को लोकसभा चुनावमा समर्थन जनाउँने खबर पठाएको हो हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement