मुख्यमन्त्री ममता ब्यानर्जी विपक्षी बैठकमा सामेल हुन पटना जाने

00-1-Rajya-Samachar-7

कोलकाताः लोकसभा चुनाउअघि केन्द्रको सत्तारूढ़ पार्टी भाजपा विरूद्ध विपक्षी एकता बैठकको निम्ति तृणमूल सुप्रीमो एवं मुख्यमन्त्री ममता ब्यानर्जी पटना गइरहेकी छन्। बिहिवार तृणमूल कांग्रेसको तर्फबाट यसको पुष्टि गरिएको छ। जानकारी अनुसार, शुक्रवार हुने यस बैठकमा सामेल हुन ममता एक दिनअघि नै पटना पुग्नेछिन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि आज नै पटना पुगिरहेका छन्। दुवै नेताको आपसी बैठक पनि हुनसक्छ। पटनामा ममता ब्यानर्जीको स्वागतका लागि पोस्टरहरू पनि लागिसकेको छ। हवाई अड्डामा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले ममताको स्वागत गर्नसक्छन्।

बैठकलाई भाजपा नेतृत्व सत्ताधारी गठबन्धन विरूद्ध विपक्षको एकजुट लड़ाईको शुरूआतको रूपमा हेरिन्दैछ। यसअघि जब नीतीश कुमार कोलकाता आएका थिए र मुख्यमन्त्री ममता ब्यानर्जीसित भेटेका थिए तब ममताले नै पटनामै विपक्षी दलहरूको संयुक्त बैठक गर्ने सुझाउ दिएकी थिइन्। यसअघि १२ जूनमा बैठक हुनु तय़ थियो तर कांग्रेस पछि सरेपछि बैठक हुनसकेको थिएन। अब यसमा कांग्रेस समेत गैर भाजपा दलहरूका प्रमुखहरू सामेल हुनेछन्। यद्यपि, कांग्रेस नेता राहुल गान्धी वा प्रियंका गान्धी यसमा सामेल हुने छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement