सिलगढ़ीः कुँआबाट एक वृद्ध महिलाको शव उद्धार गरिएको छ। घटना बिहिवार बिहान सिलगढ़ीको उत्तर भारत नगरको हो। मृतकको नाम अनुराधा मजूमदार (७६) बताइएको छ। वृद्धाको असामान्य मृत्युले क्षेत्रमा सनसनी फैलेको छ। पुलिसले यो घटना हत्या हो कि आत्महत्या, यसको जाँच गरिरहेछ।
पारिवारिक सूत्रहरू अनुसार, आज बिहान अनुराधालाई घरमा नपाएर परिजनहरूले उनलाई खोज्नु शुरू गरे। पछि उनको नाति राजर्षि राय चौधरीको नजर घरको कुआँमा गयो, जहाँ उसकी बोज्यू लड़ेकी थिइन्। घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाएर सिलगढ़ी थाना पुलिस घटनास्थलमा पुग्यो। त्यसको केही बेरपछि दमकल कर्मी पनि घटनास्थलमा पुगे र मृतकाको शव कुआँबाट उद्धार गरी शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। छिमेकीहरूले बताए, पारिवारिक कलहको कारण अनुराधा मानसिक रूपमा बिरामी थिइन्। उनको उपचार चलिरहेको थियो। घटनाको पूरा जाँच हुनुपर्छ। सिलगढ़ी थाना पुलिसले जाँच शुरू गरेको छ।









