सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः गोर्खा स्पर्टिंग क्लबको लगातार दोस्रो जीत

photocollage_2023622171446290.jpg

२२ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा गोर्खा स्पर्टिंग क्लब, नागरीले लगातार दोस्रो जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बिहीवार खेलिएको दिनको दोस्रो म्याचमा गोर्खा स्पर्टिंग क्लबले ३ कोन युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा विजेता टीमबाट निशान्त लोहार र प्रियांशु राणाले गोल गरे। यसरी ३ कोन युनाइटेड एफसी-बाट मनिष छेत्रीले गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement