अमेरिका भ्रमण गएको प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीलाई रिपोर्ट

गान्तोक। आज मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरेर राज्य कृषि विभाग मन्त्री लोकनाथ शर्माको अगुवाईमा हालैमा अमेरिका भ्रमण गएको प्रतिनिधि टोलीले रिपोर्ट बुझाएको छ। प्रतिनिधि टोलीले अमेरिकामा कृषि तथा खाद्य प्रशोधन क्षेत्रको शैक्षिक तथा व्यावसायिक भ्रमण गरेको बताइएको छ।
मन्त्री शर्माले मुख्यमन्त्रीलाई भ्रमणबारे जानकारी गराए। उनले भ्रमण सफल रहेको बताउॅंदै प्रतिनिधि टोलीले कृषि र सम्बन्धित क्षेत्रहरूमा लगानीको लागि सम्भावित साझेदारहरूसॅंग कुराकानी गरेको जानकारी गराए।
मुख्यमन्त्रीले भ्रमण अवधि स्थापित आधारको उपयोग राज्यका कृषि समुदायको हितमा गरिनुपर्छ भन्ने इच्छा व्यक्त गरे। उनले आगामी अक्टोबर-नोभेम्बर २०२२ मा आयोजन गरिने इन्भेस्टर्स मिटमा भ्रमण अवधि चिन्हित गरिएका निवेशकहरूलाई पनि निमन्त्रणा दिन सुझाउ राखे। उनले समर्थनको निम्ति प्राथमिक क्षेत्रहरू चिन्हित गरिनु पर्ने र भाविष्यको कारबाहीको निम्ति मार्गचित्र तयार गर्नुपर्ने सुझाउहरू राखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *