टीमको निम्ति लड़ाइँ गर्दा रेड कार्ड देखे प्रशिक्षक इगोर स्टीमाकले

IMG-20230622-WA0228.jpg

२२ जूनः भारत र पाकिस्तान मैदानमा एकार्का विरुद्ध ओर्लिँदा विवाद र झमेला हुनु कुनै नयाँ कुरा होइन। क्रिकेट मैदानमा हामीले यस्तो घटना धेरैपल्ट देखिसकेका छौं अनि यसपाली फूटबल मैदानमा पनि दुई टीमका खेलाड़ीहरू एकार्कासँग भिड़्न पुगे। बुधवार राति बेंगलुरुको श्री कान्तिर्वा स्टेडियममा साफ च्याम्पियनशीपको म्याचमा पनि यस्तै घटना भयो। पूरा म्याच रोमाञ्च र उत्तेजनाले भरिएको रह्यो, जसमा भारत ४-०-ले विजयी भयो। म्याचमा भारतीय कप्तान सुनिल छेत्रीले ह्याट्रिक गरी छिमेकी देशको चुनौतीलाई माटोमा मिलाए। म्याचमा उनको ह्याट्रिकको साथमा भारतीय प्रशिक्षक इगोर स्टीमाकलाई देखाइएको रेड कार्ड पनि चर्चाको विषय रह्यो। फूटबल मैदानमा भारत र पाकिस्तानबीच पाँच सालपछि यो पहिलो म्याच थियो। म्याच लगभग एकतर्फी रहे पनि यसमा रोमाञ्च र एक्शनको कुनै कमी थिएन। म्याचमा जम्मा चार गोल भयो। यसको साथमा एउटा रेड कार्ड र तीनवटा यल्लो कार्ड पनि देखाइयो। यसरी नै दुईवटा पेनल्टी पनि भयो। पाकिस्तान विरुद्ध म्याचमा रेड कार्ड देखेको हुनाले स्टीमाक अब भारतको अघिल्लो म्याचमा पनि मैदानमा उपस्थित रहने छैनन्।
वास्तवमा पाकिस्तानका खेलाड़ीले थ्रो इन गर्न जाँदा चरम तनाउबीच आवेशमा आएर भारतीय प्रशिक्षक स्टीमाकले वाधा दिए। उनले पाकिस्तानी खेलाड़ीको हातबाट गोली खोसे। वास्तवमा उनलाई राइट ब्याक प्रीतम कोटाललाई फाउल दिएको लागेको थियो। यसैकारण भारतीय प्रशिक्षक थ्रो इन-को फसेलासँग निराश थिए। स्टीमाकले यति गर्नको साथै पाकिस्तानका खेलाड़ीहरू आक्रामक मिजासमा दगुरेर आए। प्रशिक्षकलाई संकटमा देखेर भारतीय खेलाड़ीहरू पनि दगुरेर आउँदा मैदानमा तनाउ सृष्टि भयो। स्थितिलाई बुझेर रेफरी प्रज्ज्वल छेत्री र अन्य म्याच अधिकारीहरूले मध्यस्थता गर्नु पऱ्यो। त्यसपछि भारतीय प्रशिक्षकलाई रेड कार्ड देखाइयो कारण उनले फूटबलको नियमहरू अनुसार जानीबुझी विरोधी खेलाड़ीको काममा वाधा दिएका थिए। यस घटनालाई केन्द्र गरेर पाकिस्तानका प्रशिक्षक शहजाद अनवरलाई पनि यल्लो कार्ड देखाइयो। यस पूरा घटनाको भीडियो सोशल मीडियामा निक्कै भायरल भइरहेको छ। स्टीमाकले मैदान छोड़ेपछि महेश गावलीले जिम्मेवारी लिए। साफ च्याम्पियनशीपमा भारतको अघिल्लो म्याच २४ जूनमा नेपाल विरुद्ध रहेको छ।

About Author

Advertisement