सिलगढी: हिज बागडोगरा विमान अड्डाबाट एउटा पिस्तोल सहित पक्राउ परेको कटिहार निवासी मोहम्मद राहानुद्दिनलाई आज सिलगढ़ी अदालतमा पेश गरिएको थियो।
आईतबार सिलगढ़ी महकुमा परिषदको चुनाउको दिन उक्त कटिहार निवासी मोहम्मद राहानुद्दिन उपचारको निम्ति चेन्नई प्रस्थान गर्न बागडोगरा विमान अड्डा जाँदा सुरक्षामा खटिएका सीआईएसएफ जवानहरुले मोहम्मद राहानुद्दिनलाई एउटा अवैद्य पिस्तोल सहित समाएर पुलिसलाई सुपुर्दगी गरेको थियो।
उपचार गर्न हिँड़ेको व्यक्तिले किन पेस्तोल लिएर विमान अड्डा पुगेका थिए सो बारे पुलिसले खोज लिईरहेको जनाएका छन।