बेगूसराय: भारत सरकारको विशेष जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी) र आयकर विभागको टीमले बिहीबार बिहान मुख्यमन्त्री नीतीश कुमार नजीकका मन्त्री विजय चौधरीका साला अजय कुमार सिंह उर्फ कारू सिंहको बेगूसरायस्थित आवासमा छापा मारेको छ। ईडी र आयकर विभागको टीमका अधिकारीहरू केन्द्रीय सुरक्षा बलहरूको टीमका साथ सिंहको श्रीकृष्ण सिंह नगरस्थित आवास पुगे अनि छापा मारे। समाचार लेखुन्जेलसम्म छापा जारी रहेको थियो भने यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त हुनसकेको छैन।
उल्लेखनीय छ, मटिहानी निवासी अजय कुमार सिंह उर्फ कारू सिंह बिहार सरकारका मन्त्री विजय चौधरीका साला हुन्। उनको जदयूको राष्ट्रिय अध्यक्ष ललन सिंह र मुख्यमन्त्री नीतीश कुमारसॅंग पनि उनको नजिकको सम्बन्ध छ। उनको फुलवारिया थाना क्षेत्रको गौडामा फ्याक्ट्रीसहित अन्य व्यापार छन्। फ्याक्ट्री र अन्य व्यापारमा प्राप्त आय लुकाएको र अन्य कारणहरूलाई लिएर छापा मारेको हुन सक्ने आशंका व्यक्त गरिएको छ। -हिस