२२ जूनः खेलकुदको विकासमा कार्य गर्दै आउने मटेली स्पोर्ट्स एसोसिएशन (एमएसए)-को वार्षिक सभा सम्पन्न भयो। मटेली बजार स्थित मटेली पब्लिक लाइब्रेरी एण्ड क्लबमा १८ जूनमा भएको यस सभामा खेल अनि खेलाड़ीहरूका विकास कार्यलाई अघि बढ़ाएर लैजाने विषयमा विस्तृत चर्चा गरियो। सभामा विशेषगरी खेलकुदको विकास अनि मटेली ब्लकको विभिन्न इलाकामा फ्री फूटबल कोचिंग सेण्टर शुरु गर्ने विषयमा चर्चा भयो। यसको साथमा मटेली सर्कलको विभिन्न स्कूलहरूमा खेलकुद प्रशिक्षण शुरु गरिने विषयमा पनि चर्चा भयो।

यस सभामा एमएसए-का अध्यक्ष तथा चीफ टीचर इञ्चार्ज अर्जुन राई, सचिव तथा प्रशिक्षक अविनाश शर्मा, कोषाध्यक्ष तथा प्रशिक्षक अभिषेक राई, सल्लाहकार अजय रोय, इन्द्रराज प्रधान, प्रोमेश छेत्री, परिमल सरकार, कन्भेनर पुकार लामा, प्रवीण शर्मा र अक्षय सोमको साथमा एमएसए-का सबै सदस्य, शिक्षक अनि विद्यार्थीहरूका उपस्थिति रहेको थियो।