२२ जूनः दुई हप्ता अघि फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन छोड़्ने दिग्गज फूटबलर लियोनल मेस्सीले २१ जुलाईमा मेक्सिकोको क्लब क्रूज अजुल विरुद्ध लीग्स कपको म्याचमा इण्टर मियामीको जर्सी लगाएर पदार्पण गर्न सक्छन्। अमेरिकी मेजर लीग सकर (एमएलएस)-को क्लब इण्टर मियामीका सह-मालिक जर्ज मासले यस्तो जानकारी दिएका छन्। मेस्सीले आठ मईमा पीएसजी छोड़ेपछि इण्टर मियामी क्लबमा सामेल हुने घोषणा गरेका थिए, जसको आंशिक मालिकाना अधिकारी ईंग्ल्याण्डका पूर्व कप्तान तथा महान फूटबलर डेविड बेकहमसँग पनि रहेको छ। गत वर्ष अर्जेण्टिनालाई फिफा वर्ल्ड कपको ट्रफी दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ३५ वर्षीय फरवर्डले आफ्नो पहिलो म्याच फोटर लडरडेलको डीआरभी पीएनके स्टेडियममा खेल्नेछन्। यो स्टेडियम आफ्नो दर्शक क्षमता बढ़ाउने अनि सुरक्षामा सुधारको निम्ति पुनर्विकास कार्यको चरणमा रहेको छ। मीडिया रिपोर्ट अनुसार, मेस्सीले इण्टर मियामीसँग अढ़ाई सालको अनुबन्ध गरेका छन्। यस अनुबन्धबाट उनले कथित रूपमा हरेक वर्ष ५-देखि ६ करोड़ अमेरिकी डलर कमाई गर्नेछन्। जर्जले बताएअनुसार, मेस्सीको आगमनले अमेरिकामा फूटबल खेल सदाको निम्ति बद्लिनेछ। उनले भने, मेरो विचारमा हामीले अमेरिकामा यस खेलबारे कुरा गर्दा मेस्सी अघि अनि मेस्सीको आगमनपछिको चरणबारे चर्चा गर्नेछौं। उनले आगमनले यस देशमा फूटबल अलग स्तरमा पुग्नेछ। मेस्सीको आगमनपछि हामी उत्तर अमेरिका र अमेरिकामा मात्र नभएर विश्वकै शीर्ष दुईवटा लीगमा त अवश्यै सामेल हुन सक्छौं। यस विषयमा म आश्वस्त छु।










