दुई वर्ष पैसा नितिरी पाँच तारे होटलमा बसेको खुलासा

00-1-Hotel-Room-1

नयाँ दिल्ली: दिल्लीको एक पाँच तारे होटलमा दुई वर्षदेखि एक पैसा नतिरी एक व्यक्ति बसेको खुलासा भएको छ। होटलका कर्मचारीहरूसँग मिलेर करिब दुई वर्षसम्म ती व्यक्ति पैसा नतिरी होटलमा बसेको कुरा खुलासा भएपछि पुलिससमक्ष उजुरी गरिएको छ। यसमा होटललाई ९२ लाख रुपियाँ नोक्सान भएको बताइएको छ। संचारमाध्यमहरूका अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआई) नजिकैको एरोसिटीमा होटल रोजेट हाउसमा ती व्यक्ति बसेका थिए। रोजेट संचालन गर्ने बर्ड एयरपोर्ट होटल प्रालिका आधिकारिक प्रतिनिधि विनोद मल्होत्राले हालै दर्ता गराएको प्रथामिकीअनुसार अंकुश दत्त नाम गरेका ती व्यक्तिका कारण होटलको ९२ लाख रुपियाँ खर्च भएको छ। उनी होटलमा ६०३ दिन बसेका थिए।

होटलको ‘फ्रन्ट अफिस डिपार्टमेन्ट’ का प्रमुख प्रेम प्रकाशले नियम उल्लङ्घन गर्दै दत्तलाई लामो समयसम्म होटलमा बस्न दिएको प्राथमिकीमा आरोप रहेको छ। यसका अनुसार होटलको कोठा भाडा निर्धारण गर्ने अधिकार प्रकाशलाई थियो र सबै पाहुनाको बक्यौता ट्र्याक गर्ने होटलको कम्प्युटर प्रणालीमा उनको पहुँच थियो, जसको फाइदा लिएर प्रेम प्रकाशले उनलाई ६०३ दिनसम्म होटलमा बस्न दिएका थिए। प्रकाशले दत्त नाम गरेका ती व्यक्तिबाट केही नगद लिएको आशंकामा होटल व्यवस्थापन पक्षले गरेको छ।

प्रथामिकीका अनुसार, ‘अङ्कुश दत्तले गलत फाइदा लिने र होटललाई उचित भाडाबाट वञ्चित गर्ने उद्देश्यले प्रेम प्रकाश लगायतका केही ज्ञात र अज्ञात होटल कर्मचारीहरूसँग आपराधिक षड्यन्त्रमा राखे र सम्भवतः उनले त्यसका लागि कर्मचारीलाई प्रशस्त पैसासमेत दिएका छन्।’ दत्तले ३० मई २०१९ मा एक रातको लागि मात्रै होटलमा कोठा बुक गरेको होटलले दाबी गरेको छ, जसअनुसार दत्त ३१ मई २०१९ मा होटल छाड्ने पर्ने थियो। तर, दत्त २२ जनवरी २०२१ सम्म त्यहाँ बसेको आरोप व्यवस्थापन पक्षको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *