गान्तोक: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाक्योङ जिल्लामा पनि विभिन्न संस्था र संगठनहरूले सहभागिता दिए। रंगेली रोलेप-डिभिजन, पाक्योङ जिल्ला कार्यालय, पार्खा, पाण्डाम र पदमचे एचडब्ल्यूसी, रिनाक र छुजाचेन भेटेरिनरी अस्पतालले पनि आ-आफ्नो ठाउँमा यो दिवस मनाए। कार्यक्रममा ओबीसी कल्याण बोर्डका अध्यक्ष निरपत गुरुङ उपस्थित थिए। गुरुङले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सबैलाई बधाई र शुभकामना व्यक्त गरे। उनले दैनिक जीवनमा योगका अनगिन्ती फाइदाहरूमा जोड दिँदै स्वास्थ्य क्षेत्रमा सरकारको प्रतिबद्धता र भइरहेको विकासका पहलहरूलाई प्रकाश पारे। योग व्यायाम र स्वस्थ गतिविधिको एक महत्वपूर्ण स्रोत हो यसलाई दैनिक जीवनमा उतार्नुपर्ने उल्लेख गरे।










