विधायक खतिवड़ाले गरे पञ्चायत कार्यालयको उद्घाटन

IMG-20230622-WA0003.jpg

गान्तोक: रिनाकका विधायक विष्णुकुमार खतिवड़ाले आज पाकिम जिल्लाको शहरी सामुदायिक भवनमा जिल्ला पञ्चायत सदस्यहरूको कार्यालयको उद्घाटन गरे। यस उद्घाटनसँगै राज्यमा जिल्ला पञ्चायत सदस्यहरूको कार्यालय स्थापित गर्ने पाकिम पहिलो राज्य बनेको छ।
पञ्चायती राज अनि ग्रामीण विकास विभागको आयोजना सम्पन्न आजको उद्घाटन कार्यक्रममा जिल्ला अध्यक्ष श्रीमती लाडेन भोटिया, जिल्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल शर्मा, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा अनि पाकिमका खण्ड विकास अधिकारी सी.एस. सुब्बा उपस्थित रहेका थिए।
यसरी जिल्ला पञ्चायत सदस्यहरूको कार्यालयको उद्घाटन गरिनु पाकिम जिल्ला विकासको क्रममा एक खुड़किलो अघि बढ़ेको बताइन्छ। जानकारी गराइन्छ, पाकिम जिल्लामा पाँचवटा खण्ड रहेको छ, जसमा पाकिम, डुगा, रिनाक, रिगु अनि पाराखा खण्ड सामेल रहेको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक विष्णुकुमार खतिवड़ाले समावेशी विकास अनि सामुदायिक संलग्नतालाई बढ़ावा दिन महत पहल गरिएको विचार व्यक्त गरे। यस उल्लेख्य अनि प्रगतिशील पहलको निम्ति उनले सबैप्रति बधाई दिए। उनले मुख्यमन्त्री पीएस गोलेको अनि यस पहललाई यथार्थमा उतार्न सहभागी सबै सदस्यहरूको पहलको सराहना गरे। जिल्लाको उत्थानमा जिल्ला पञ्चायत सदस्यहरूले सक्रिय सहभागी रहनुपर्ने उनीहरूली प्रोत्साहित गरे।

About Author

Advertisement