गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित सिक्किम प्रिमियर डिभीजन लिग-२०२३ फुटवल प्रतियोगिताको उदघाटन सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले गरे। यस प्रतियोगितामा कूल आठवटा टोलीले सहभागिता जनाएको छ, जसमा आक्रमण एफसी, युनाइटेड सिक्किम फुटबल क्लब, साई नाम्ची बोयज क्लब, सिक्किम हिमालय स्पोर्टिङ क्लब, सिक्किम युनिकर्न एफसी, सिक्किम पुलिस एकादश र कुमार स्पोर्टिङ फुटबल क्लब सामेल रहेको छ। सिक्किम फुटबल एसोसिएशनद्वारा आयोजित यस प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई नगद राशि प्रदान गरिने भएको छ। यसरी सो प्रतियोगितामा विजयी र उपविजयी टोलीले सोझौ स्वतन्त्रता कप र गभनर्स गोल्ड कपमा प्रवेश गर्न पाउने भएको छ। आजको उदघाटन खेल सिक्किम हिमालय एससी बनाम कुमार स्पोर्टिङ एफसीबीच भएको थियो,जसमा निर्धारित समयसम्म दुई दुई गोल भएपछि खेल बराबरीमा टुङ्गियो। सो खेलमा म्यान अफ् द म्याच हिमालय एससीका उत्तम राईलाई घोषित गरियो।










