बाल अधिकारमाथि सचेतना कार्यक्रम

IMG-20230622-WA0008.jpg

गान्तोक: नाम्चीको जिल्ला बाल संरक्षण यूनिट र महिला एवम वाल विकास विभागको संयुक्त पहलमा नाम्ची जिल्लास्थित सुम्बुक उच्चत्तर माध्यमिक विद्यालयमा बाल अधिकार र बाल कानून विषयमाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा मुख्य शिक्षा अधिकारी इनबराज, संयुक्त निर्देशक डीबी राई लगायत अन्य विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नाम्ची जिल्लाका डीसीपीओले वत्सालय योजना साथै महिला एवम वाल विकास विभाग अन्तर्गत वाल संरक्षण योजनाबारे विस्तृतरूपमा अवगत गराइन। उनले संकटकालिन परिस्थितिमा बालबालिकाको पहिचानका लागि अपनाउनु पर्ने रोकथामका उपायहरूमा पनि जोर दिइन्। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य हेरचाह र संरक्षण साथै संकटकालमा परेका बालबालिकालाई सुरक्षित र सुरक्षात्मक वातावरण प्रदान गर्नु रहेको थियो।

About Author

Advertisement