सोरेङमा जन गुनासो सम्बोधन सेल स्थापित

IMG-20230622-WA0007.jpg

गान्तोक: सोरेङ जिल्लाको बैगुने खण्ड प्रशासनिक केन्द्रमा जन गुनासो सम्बोधन सेलको स्थापना गरियो। सोरेङका खण्ड विकास अधिकारी एसके शर्माले जानकारी गराए अनुसार जनगुनासो सम्बोधन सेलको उदघाटन आज सोरेङ खण्ड प्रशासनिक केन्द्रमा गरिएको हो। यस सेलमा जन गुनासो सुन्नको साथै जन गुनासो निवारण गर्नको निम्ति पञ्चायत प्रभारी बिनिता मंगर र अन्य अधिकारीहरूलाई नियुक्त गरिएको थियो। उदघाटन कार्यक्रममा खण्ड विकास अधिकारी, पञ्चायत अध्यक्ष लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement